पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’ « Khabarhub

पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

उनको राजीनामा पत्र बोकेर अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीलाई भेट्ने समय भने तय नभएको बताइएको छ ।

आलेले शुक्रबार पार्टी बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए । सोही अनुसार उनले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताइएको छ । राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेकाले यसै विषयमा थप कुराकानी गर्न अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग भेट्न लागेका हुन् ।

अहिले मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरू सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद् हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।

हस्ताक्षर गर्नेहरूमध्ये पर्यटन मन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए । पार्टी अध्यक्ष नेपालले आइतबार एक कार्यक्रममा प्रधानमन्त्रीले आज साँझसम्ममा नयाँ मन्त्रीलाई शपथ खुवाउने बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : १० बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६