पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’ « Khabarhub

पर्यटन मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

उनको राजीनामा पत्र बोकेर अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीलाई भेट्ने समय भने तय नभएको बताइएको छ ।

आलेले शुक्रबार पार्टी बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए । सोही अनुसार उनले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताइएको छ । राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेकाले यसै विषयमा थप कुराकानी गर्न अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग भेट्न लागेका हुन् ।

अहिले मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरू सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद् हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।

हस्ताक्षर गर्नेहरूमध्ये पर्यटन मन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए । पार्टी अध्यक्ष नेपालले आइतबार एक कार्यक्रममा प्रधानमन्त्रीले आज साँझसम्ममा नयाँ मन्त्रीलाई शपथ खुवाउने बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : १० बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका