रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने इस्कन्दर एम क्षेप्यास्त्र प्रणाली प्रदान गर्ने « Khabarhub

रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने इस्कन्दर एम क्षेप्यास्त्र प्रणाली प्रदान गर्ने


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले पश्चिमी छिमेकी एवम् नजिकको साझेदार बेलारुसलाई आणविक शक्तिसम्पन्न क्षेप्यास्त्र उपलब्ध गराउने भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई आगामी महिनामा छोटो दूरीसम्म मार हान्न सक्ने आणविक हतियार बोक्नसक्ने क्षेप्यास्त्र प्रदान गर्न लागिएको जनाएका हुन् ।

बीबीसीका अनुसार रुसले बेलारुसलाई इस्कन्दर–एम नामक क्षेप्यास्त्र प्रदान गर्न लागेको हो । यो क्षेप्यास्त्रको मारक क्षमता ५०० किलोमिटरसम्म रहेको जनाइएको छ ।

पुटिनले यस क्षेप्यास्त्रले ‘सामान्य र आणविक हतियार ब्यालेस्टिक र क्रुज क्षेप्यास्त्रमार्फत् प्रहार गर्न सक्ने उल्लेख गरेका छन् । गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसले बेलाबेला आणविक धम्की दिँदै आएको छ ।

युक्रेनमाथि आक्रमणको प्रारम्भीक दिनहरुमा पुटिनले आफ्नो मुलुकको आणविक बललाई सतर्क रहन निर्देशन दिएका थिए ।

त्यसयता रुस र पश्चिमा मुलुकहरुबीच तनाव चुलिरहेका बेला रुसले बेलारुसलाई आणविक हतियार प्रहार गर्नसक्ने क्षेप्यास्त्र प्रदान गर्न लागेका हुन् ।

हालै बेलारुसको छिमेकी लिथुएनियाले पोल्याण्ड र लिथुएनियाले घेरिएको र रुसको मुख्यभूमिबाट अलग कालिनिनग्राद नामक रुसी भूमिमा सामानको आपूर्तिमा बाधा उत्पन्न गरेपछि रुस क्रुद्ध बनिरहेको अवस्थामा पुटिनको पछिल्लो घोषणा सार्वजनिक भएको हो ।

यसबाहेक सेन्ट पिटर्सबर्ग सहरमा ‘युरोपका अन्तिम तानाशाह’ को संज्ञाबाट कुख्यात बेलारुसी राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोसँगको भेटवार्तापछि पुटिनले बेलारुसलाई हतियार सहयोग गर्ने घोषणा गरेका हुन् ।

भेटवार्ताका क्रममा उनले बेलारुसी सुखोई सु २५ लडाकु विमानलाई थप उन्नत बनाएर आणविक हतियार बोक्न सक्षम बनाउन पनि रुसले सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

‘हामीले निर्णय गरेका छौँ– केही महिनाभित्र बोरुसलाई हामी इस्कन्दर एम सामरिक क्षेप्यास्त्र प्रणाली प्रदान गर्दैछौँ ।’ हतियारको हस्तान्तरणका लागि दुबै मुलुकका रक्षा मन्त्रालयले सहकार्य गरी तय गर्ने जनाइएको छ ।

इस्कन्दर क्षेप्यास्त्र प्रणाली हाल कालिनिनग्रादमा तैनाथ रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : २८ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ