प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ : नेता महर | Khabarhub Khabarhub

प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ : नेता महर


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण गर्दा पार्टी गम्भीर बन्नुपर्ने बताएका छन्। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा महरले पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी युवालाई अगाडि सार्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीभित्रको व्यवस्थापनलाई ध्यान दिएर अरू पार्टीसँग गठबन्धनमा जान कांग्रेसका लागि हितकर हुने बताए। देशभर एक्लै चुनावमा जाँदासमेत पार्टीभित्र असन्तुष्टि देखिएर असहयोग भएको विगतलाई हेर्नुपर्ने उनको तर्क छ।

महरले नेताहरूको स्वाभिमानलाई ख्याल नगरी अर्कै तरिकाले टिकट वितरण गरिए विस्फोटको सम्भावना रहेको तर्फसमेत पार्टी नेतृत्व सचेत हुनुपर्ने बताए। त्यसका लागि पार्टीभित्र गहन छलफल भइरहेको पनि उनले बताएका छन्।

नेता महरले पार्टीभित्र टिकट वितरणपछि विगतमा देखिँदै आएको असन्तुष्टिलाई विचार गरेर यसपटक यो समस्यालाई हल गर्ने कुरामा ध्यान दिइने बताए। ‘गठबन्धनसहित चुनावमा गए कसरी जाने, भागबन्डाको मोडल कस्तो हुने र नगए कसरी जाने र कसलाई टिकट दिने र टिकट नपाउने साथीहरूलाई कसरी कन्भिन्स गर्ने भन्ने कुराको वातावरण निर्माण गर्नुपर्छ,’ नेता महरले भने, ‘कांग्रेसभित्र असन्तुष्ट साथीलाई सम्झाउने प्रवृत्ति छैन। पार्टी र देशप्रतिको सबैको प्रतिबद्धता बराबर हुन्छ। त्यसकारण टिकट वितरण गर्दा होस् वा अन्य अवसर दिँदा होस् असन्तुष्ट व्यक्तिलाई सम्झाउने प्रवृत्तिको विकास गरिनुपर्छ।’

प्रजातान्त्रिक पद्धतिमा चुनावका बेला पार्टीभित्र सिर्जना हुने गुटउपगुटलाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए। आफूहरू पार्टीलाई नचुहिने छाताजस्तै साझा बनाउने अभियानमा लागेको महरको भनाइ थियो।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : १९ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार