न्यायपालिकाभित्र हुने राजनीतिक नियुक्ति अन्त्य गर्नुपर्छ : कानुनमन्त्री कोइराला « Khabarhub

न्यायपालिकाभित्र हुने राजनीतिक नियुक्ति अन्त्य गर्नुपर्छ : कानुनमन्त्री कोइराला


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायपालिकाभित्र हुने राजनीतिक नियुक्तलाई अन्त्य गर्नुपर्ने बताएका छन्।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कोइरालाले विभिन्न प्रतिवेदनका आधारमा न्यायपालिकाभित्र राजनीतिक नियुक्ती हावी हुने देखिएकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने धारणा राखे । उनले न्याय प्रणालीलाई सर्वसुलभ बनाउने र न्यायमा समान पहुँचका निम्ति सरकारले कानुनी सहायता कार्यक्रमलाई लामो समयदेखि सञ्चालन गर्दै आएको बताए। उनले कहिदिन अघि न्यायधिशको अडियो प्रकरण सार्वजनिक भए लगतै छानबिन समिति गठन गरिएको जानकारी दिए।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : २९ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट