अवैध लागूऔषध सहित छ जना पक्राउ « Khabarhub

अवैध लागूऔषध सहित छ जना पक्राउ


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा किशनलाई नगद १० हजार ३० रुपैयाँ र उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको बुढीगंगा गाउँपालिका–६ घेराबनीबाट करिब ८ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दर हरैँचा नगरपालिका–३ बस्ने ४५ वर्षीय नेत्र भट्टराई रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ४४ बजे

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाण

काठमाडौं- पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाण पनि

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना