तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप « Khabarhub

तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिब्बती अधिकारवादीहरुले चीनले तिब्बतलाई फोहोर फाल्ने ठाउँमा परिणत गरेको आरोप लगाएका छन् । चीनका अन्य स्थानमा उत्पादन भएका फोहोरलाई तिब्बतमा फालेर चीनले तिब्बतको पर्यावरणलाई बिगारेको तिब्बती अधिकारवादीहरुको आरोप छ ।

पछिल्लो समय मौसम परिवर्तनका कारण तिब्बतको पर्यावरणमा नकारात्मक असर परिरहेका बेला तिब्बती अधिकारवादीहरुले चीन सरकारले तिब्बतलाई फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको आरोप लगाएका हुन् ।

तिब्बती पर्यावरणमा क्षति पुगेको तथ्य स्वीकार गर्नुको सट्टा चीन सरकारले जारी गरेको दस्तावेजमा अझ अघि बढ्नका लागि तिब्बतमा पर्यावरणमैत्री र दिगो रुपमा प्रोत्साहित कदम चाल्ने उल्लेख रहेको तिब्बत राइट्स कलेक्टिभ नामक तिब्बती अधिकारवादी संस्थालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

चीन सरकारले हालैमात्र ‘सन् १९५१ यताको तिब्बत : स्वतन्त्रता, विकास र समृद्धि’ नामक श्वेतपत्र जारी गरेको थियो ।

चीन सरकारद्वारा जारी यस दस्तावेजमा बाँध निर्माण, अन्य पूर्वाधार निर्माणका परियोजना समावेश भएपनि पर्यावरणबारे केबल एक अनुच्छेद मात्रै उल्लेख गरिएको अधिकारवादीको आरोप छ ।

तिब्बती पर्यावरणमा नकारात्मक असर पर्दै जाँदा त्यहँका हिमनदी पग्लिने, नदी सुक्ने, घाँसेमैदानको क्षति, बाढीजस्ता प्रकोप देखा परेको अधिकारवादीले जनाएका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ०४ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक