पाकिस्तानमा एकजना प्रहरी अपहरित « Khabarhub

पाकिस्तानमा एकजना प्रहरी अपहरित


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एकजना प्रहरी अपहरणमा परेका छन् । राजधानी इस्लामावादमा प्रहरी हवल्दार इमरान बलोच अपहरणमा परेको प्रहरीले जनाएको छ ।

उनी पाकिस्तान प्रहरीको दंगा नियन्त्रण एकाइमा कार्यरत रहेको पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तानको अनलाइन संस्करणले जनाएको छ ।

अपहरणमा परेका प्रहरीले अज्ञात नम्बरबाट आफ्नी श्रीमतीलाई सम्पर्क गरेको र उनकी श्रीमतील घटनाबारे प्रहरीलाई जानकारी गराएको जनाइएकोछ ।

आर्थिक लेनदेनका विषयमा विवाद परेपछि उनको अपहरण भएको हुनसक्ने प्रहरीको आशंका छ । उनको अन्तिम ‘मोइबाइल लोकेसन’ रावलपिण्डीमा देखिएको प्रहरीले जनाएको छ ।

यद्यपि हाल उनको फोन स्विच अफ रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । अपहरितलाई मुक्त गर्न प्रहरीले हरसम्भव प्रयास गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : १४ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज