मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत : मन्त्री बडू « Khabarhub

मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत : मन्त्री बडू


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र  प्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्त्वका विषयमा वक्तव्य दिँदै उनले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव गम्भीर रहन्छ भन्ने पक्षलाई ध्यान दिएको स्पष्ट गरे।

उनले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १९९ बाट रु २० र डिजेलमा प्रतिलिटर रु १९२ बाट रु २९ घटाउने निर्णय नेपाल आयल निगमले कार्यान्वयनमा ल्याएको जानकारी दिए।

उनले पेट्रोलियम पदार्थमा मूल्य समायोजन, निगमको व्यवस्थापनलगायत समग्र पक्षमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिएकाले सोको प्रतिवेदन आएपछि थप निर्णय लिइने बताए।

मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्ने र घट्दा घटाइने प्रणालीलाई निरन्तरता दिइएको उल्लेख गर्दै सदन, सडक र जनस्तरबाट आएको आवाजलाई सम्बोधन गरेर पछिल्लो समयमा वृद्धि भएको पेट्रोलको मूल्यमा करको दर घटाएर प्रतिलिटर रु २० घटाइएको जानकारी गराए।

उनले सर्वसाधारण जनताले प्रयोग गर्ने ग्यासमा सहुलितयत दिने र मूल्य घटेपछि उपभोग्य वस्तुमा मूल्य घटाउन सम्बन्धित मन्त्रालयका तर्फबाट तत्काल पहल गरिने बताए।

आगामी आर्थिक वर्षदेखि सिंहदरबारबाट ग्यास प्रयोगको वैकल्पिक व्यवस्था एवं घरायसी प्रयोगका लागि ग्यासको अलग मूल्य कायम गर्न पनि कार्यदलले दिने सुझावको कार्यान्वयन गरिने जनाए। उनले बजारको महँगी नियन्त्रणका लागि अन्य मन्त्रालय र निकाय एवं पक्षबाट सहयोगको अपेक्षा व्यक्त गरे।

मन्त्री बडूको जवाफमा स्पष्टीकरण माग गर्दै सांसदहरूले खाना पकाउने ग्यासमा मूल्य किन नघटाइएको, दैलेखको पेट्रोलियम खानी उत्खननको कार्यलाई किन तीव्रता नदिइएको, धेरै मूल्य बढ्ने र थोरौ घट्ने किन हुन्छ, बजारको महँगी किन नियन्त्रण नगरिएको जस्ता प्रश्न गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ५ : ३४ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको