९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेँ : आले « Khabarhub

९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेँ : आले


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।

 आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अङ्क ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो कामको मूल्याङ्कन जनताले गर्ने बताए ।

‘कसैले तपाईंको कामबाट कति ल्याउँछस्? भनेर सोधे भने ९० प्रतिशत अङ्क ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् । उनले आफू प्रक्रियामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए ।

उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : २६ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी