पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री | Khabarhub Khabarhub

पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।

उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।

आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका थिए ।

एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । तर मन्त्रीहरू बिदा हुन नमान्दा उक्त पार्टीमा विवाद भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : ४४ बजे

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा