पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री « Khabarhub

पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।

उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम गरेको छ ।

आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका थिए ।

एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्री परिवर्तन गर्ने निर्णय गरेको थियो । तर मन्त्रीहरू बिदा हुन नमान्दा उक्त पार्टीमा विवाद भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : ४४ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट