जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा « Khabarhub

जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा उनले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए।

जनप्रतिनिधिले जनमुखी काम गरेर परिणाम दिनुपर्ने बताउँदै थापाले भने, “जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ । त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ ।”

महामन्त्री थापाले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जबाफदेहिता र पारदर्शिता कायम गर्नुपर्ने धारणा व्यक्त गरे। सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताए। “स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ”, महामन्त्री थापाले भने।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका खास मुद्दालाई एजेण्डा बनाएर अगाडि जान जरुरी रहेको बताए। कांग्रेसले देशभर सबैभन्दा बढी पालिका जितेकाले कांग्रेस कमजोर नरहेको चर्चा गर्दै पौडेलले कमजोरी सुधार्न नसक्दा केही बढी सिट जित्न नसकेको उल्लेख गरे। “कमजोरी सुधार्न नसक्दा पनि राम्रो सिट जित्न सकेका छौँ, कमजोरी सुधारेर व्यवस्थित ढङ्गले अगाडि जान सक्दा धेरै सिट जित्न सक्छौँ”, पौडेलले भने।

आजको स्थितिमा कांग्रेसले एक्लै निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने पौडेलको भनाइ थियो । “हामी गठबन्धनको विरोधी होइन, तर त्यहाँ जोखिम छ, जोखिम मोल्दै गर्दा एक्लै जानुपर्ने स्थिति पनि आउन सक्छ”, उनले भने।

तनहुँ क्षेत्र नम्बर २ का सभापति चूडामणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेता यज्ञ थापालगायतले धारणा राखे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ३१ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न