‘म्याडभेन्चर’ जोडिए स्याडोका स्वप्निल « Khabarhub

‘म्याडभेन्चर’ जोडिए स्याडोका स्वप्निल


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता अनुप बिक्रम शाहीको संचालन र सौगातमान सिंह बस्नेतको निर्देशन रहने एडभेन्चर रियालटी शोको नाम ‘म्याडभेन्चर’ राखिएको छ । निर्देशक बस्नेतले शोको नाम ‘म्याडभेन्चर’ जुरेको जानकारी दिए । यात्रा र एडभेन्चरमा म्याडनेस थपेर रोचक र रोमाञ्चक यात्रा गराउने शो भर्सटाइल अभिनेता शाहीले ५ एपिसोडमा फरक फरक स्थानको परिचय दिनेछन् ।

रोचक शैलीमा निर्माण हुने शोको गीत र संगीतका लागि नेपाली रक संगीतमा चर्चित ब्याण्ड ‘स्याडोज’ का सदस्य स्वप्निल शर्मा भित्रिएका छन् । शर्माका अलवा प्रसिद्ध टिम फज फ्याक्ट्रीका रोहित शाक्य पनि टिममा रहने निर्देशक बस्नेतले बताए । यात्रा, संगीत र एडभेन्चरले भरिपूर्ण यस शोको अझै तयारी भइरहेको छ र रोचक बनाउन कुनै कसुर बाँकी नराखिने निर्देशक बस्नेतको भनाई रहेको छ । प्रचार प्रसार समेत नयाँ ढंगबाट भइरहेको शो नेपाली ट्राभल तथा टुरिजम क्षेत्रका लागि एउटा महत्त्वपूर्ण दस्ताबेज हुने निर्माण टिमको विश्वास रहेको छ ।

अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुने शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिनेछ । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ’ निर्देशक सौगातले थपे ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ४९ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न