युक्रेनको क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रूसी रक्षा मन्त्रालयको दाबी « Khabarhub

युक्रेनको क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रूसी रक्षा मन्त्रालयको दाबी


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसले युक्रेनको क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले दाबी गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहानै युक्रेनी राजधानी किभस्थित क्षेप्यास्त्र कारखानामा प्रहार गरेको हो ।

रूसी रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘आर्टयोम कारखाना ‘सैन्य आधारभूत संरचनाको लक्ष्य थियो । यद्यपि युक्रेनी वायु रक्षा प्रणालीले आक्रमणको प्रतिरक्षा गर्दा नजिकैको आवासीय भवनमा क्षति पुगेको छ ।”

रूस–युक्रेन युद्ध सुरू भएको करिब पाँच महिना पुग्न लाग्दासम्म पनि दुई देशबीचको युद्ध रोकिने कुने सङ्केत देखिएको छैन । योबीचमा दुबै पक्षका गरी हजारौँ व्यक्तिको मृत्यु भएको अनुमानहरू गरिएको छ । यद्यपि युद्धका कारण क्षतिको वास्तविक लेखाजोखा भने आउन सकेको छैन ।

शनिवार युक्रेनले हप्तौँको भीषण लडाइँपछि रुसी सेनाले सेभेरोडोनेट्स्कलाई ‘पूर्ण रूपमा कब्जा गरेको’ बताएको थियो । रूसले पूर्वी युक्रेनको उक्त सहर नियन्त्रणमा लिएपछि लगभग लुहान्स्क र डोनेट्स्क क्षेत्रका थुप्रै भूभाग नियन्त्रणमा राख्न सक्छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई डोन्बास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो ।

शनिबार साँझको भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका ‘आफ्ना सबै सहरहरू’ फिर्ता लिने दाबी गरेका छन् ।

तर उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : २४ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा