समीक्षा बैठक डाकेर पार्टीले मन्त्री फेर्ने निर्णय सुनाएको रामकुमारी झाँक्रीको आरोप « Khabarhub

समीक्षा बैठक डाकेर पार्टीले मन्त्री फेर्ने निर्णय सुनाएको रामकुमारी झाँक्रीको आरोप


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै राजीनामा दिएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो पार्टीले समीक्षा बैठक डाकेर मन्त्री फेर्ने निर्णय सुनाएको आरोप लगाएकी छिन् ।

आज पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले पार्टीले मन्त्री फेर्नुअघि छलफल गर्ने अपेक्षा गरेको भएपनि अध्यक्षले एकतर्फी रुपमा छलफल नै नगरी निर्णय गरेको बताइन् ।

यसअघि नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिइन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् ।

मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री भावुक बनेकी थिइन् । कार्यक्रम भावुक हुँदै झाँक्रीले आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो ।

उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ३९ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न