कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ « Khabarhub

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको छ ।

भरतपुर–८ घर भएका विक भरतपुर-५ मा डेरा गरी बस्थे । उनको डेराबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने दुईवटा गोली बरामद भएको छ । त्यसै गरी नगद एक लाख १४ हजार रुपैयाँ, लकेटसहितको एउटा सुनको सिक्री र पाँच थान मोबाइल फोनसेट पनि बरामद भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : ३१ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न