रूसी सुन आयातमा प्रतिबन्ध लगाउने क्यानडा, बेलायत, जापान र अमेरिकाको घोषणा « Khabarhub

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने क्यानडा, बेलायत, जापान र अमेरिकाको घोषणा


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल्माउ क्यासल– संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ ।

यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।

यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख निर्यात हो । रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ ।”

सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।

जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस बिषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए ।

ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रूसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ०५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका