ऋणमा चुर्लुम्म डुबेको चिनियाँ घरजग्गा कम्पनीको कथा | Khabarhub Khabarhub

ऋणमा चुर्लुम्म डुबेको चिनियाँ घरजग्गा कम्पनीको कथा

पछिल्लो ११ महिनायता चीनमा घरजग्गा कारोबार निरन्तर ओरालोमा



काठमाडौँ – संसारमा धेरै फस्टाएको व्यापार हो, रियल स्टेट । नेपालीमा भन्दा घरजग्गा कारोबार । तर, रुस–युक्रेन युद्धमात्रै होइन, धेरै जोखिम मोल्ने बानी परेका घरजग्गा कम्पनीको हालत पछिल्लो समय नाजुक बनेको छ । जसको ज्वलन्त उदाहरण बनेको छ, चिनियाँ कम्पनी एभरग्राण्ड ।

एभरग्राण्ड विश्वमै ठूलो घरजग्गा कारोबार गर्ने कम्पनी हो । तर यसको ठूलो कारोबारको खराब कीर्तिमान बनेको छ । जुन ऋण हो । पछिल्लो समय घरजग्गा कारोबार गर्ने एभरग्राण्ड कम्पनी ऋणमा चुर्लुम्म डुबेको छ । यसका पछाडि चीनमा घरजग्गा कारोबार नै निरन्तर ओरालोमा छ ।

विश्वभर आर्थिक संकट आउन सक्ने चिन्ता बढिरहेका बेला ऋणमा चुर्लुम्म डुबेको चिनियाँ घरजग्गा कम्पनी एभरग्राण्डका प्रमुख कार्यकारी र वित्तीय प्रमुखले पदबाट राजीनामा समेत दिइसकेका छन् ।

ऋणमा डुबेको एभरग्राण्ड कम्पनीका प्रमुख कार्यकारी सिया हाइजुन र प्रमुख वित्तीय अधिकारी पेङ डारोङले पदबाट राजीनामा दिएका हुन् । आन्तरिक रुपमा गरिएको अनुसन्धानबाट उनीहरुले २ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति हिनामिना गरेको पाइएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

कम्पनीको आन्तरिक छानबिनबाट उनीहरुले कम्पनीको सम्पत्ति सेवा क्षेत्रको ऋणबाट १३ अर्ब ४० करोड चिनियाँ युआन अर्थात् २ अर्ब अमेरिकी डलर अपचलन गरेको पाइएको हो ।

कम्पनीले विज्ञप्ति जारी गर्दै छानबिनबाट उनीहरुले ‘तेस्रो पक्षलाई पैसा दिएर उक्त पैसा पुनः कम्पनीमै फिर्ता ल्याएको र उक्त पैसा कम्पनीको सामान्य गतिविधिमा खर्च गरिएको’ जनाएको छ ।

कम्पनीले यस विषयमा पैसा पुनः भुक्तानी गर्नका लागि सम्पत्ति सेवा एकाईसँग छलफल भइरहेको जानकारी दिएको छ ।

विश्वमै सबैभन्दा धेरै ऋणमा डुबेको कम्पनी
विश्वमै सबैभन्दा धेरै ऋणमा डुबेको यो घरजग्गा कम्पनीको वित्तीय दायित्व ३ खर्ब डलर बराबर रहेको छ । गत वर्षको अन्त्यतिर यो कम्पनीले आफूले ऋण तिर्न नसक्ने बताएको थियो ।

हङकङको धितोपत्र बजारमा गत वर्षयता यो कम्पनीको शेयर मूल्यमा ७५ प्रतिशतको गिरावट आएको छ । वित्तीय दायित्व भुक्तानी पुनसंरचनाका लागि यो कम्पनीले अर्को साताभित्र नयाँ योजनाको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

चीनको घरजग्गा क्षेत्रमा देखिएको संकटका कारण गत वर्षयता १० खर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सानी भएको बीबीसीले उल्लेख गरेको छ ।

चीनको घरजग्गा क्षेत्रमा देखिएको संकटले विश्वभर आर्थिक संकट निम्तिनसक्ने चिन्ता उत्पन्न भएको छ । जापानको नोमुरा बैंकले सोमबार जनाएअनुसार एभरग्राण्ड संकटयता अरु केही चिनियाँ घरजग्गा कम्पनीहरु पनि ऋण तिर्न र नयाँ पूर्वाधार निर्माण गर्न असफल देखिएका छन् ।

बीबीसीका अनुसार सोमबारमात्रै एभरग्राण्डसहित दर्जनभन्दा धेरै घरजग्गा कम्पनीहरुलाई सहयोग गर्न चीनले ‘घरजग्गा कोष’ को सुरुआत गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो कोषमा ३ खर्ब युआनभन्दा धेरै रकम रहने अनुमान गरिएको छ ।

चीनमा घरजग्गा कारोबार निरन्तर ओरालो
सरकारी तथ्यांकअनुसार चीनमा घरजग्गा कारोबार ११ महिनायता निरन्तर लगातार ओरालो लागिरहेको छ । ९० को दशको अन्त्यतिर चीनले निजी घरजग्गा बजारको सुरुवात गरेयता यो यस क्षेत्रमा सबैभन्दा खराब अवस्था हो ।

तीव्र प्रतिस्पर्धाका कारण चीनमा निर्माणको चरणमै घर खरिद गर्ने र निश्चित समयसम्म किस्ता तिर्ने चलन रहेको छ । कतिपय कम्पनीहरुले निर्माण अगावै खरिदकर्तासँग पैसा लिएका घरको निर्माणकार्य पनि बन्द गर्दै जान थालेका छन् ।

केही सातायतामात्रै केही घर खरिद गर्न चाहनेले घरको बाँकी किस्ता नतिर्ने धम्की समेत दिन थालेको बीबीसीले उल्लेख गरेको छ ।
चीनको इ–हाउस चाइना रिसर्च एण्ड डेभलोपमेन्टका अनुसार यसबाट त्यहाँ ८० कम्पनीका २०० भन्दा धेरै घर निर्माण परियोजनाहरु प्रभावित भएका छन् ।

चीनको बैंकिङ एवम् बीमा नियामक आयोगले घर हस्तान्तरणको प्रत्याभूति दिनका लागि स्थानीय निकायहरुसँग सहकार्य गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ९ : १३ बजे

इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप

काठमाडौं– अमेरिकाले इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएको

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि