बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा | Khabarhub Khabarhub

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र लगायत क्षेत्रमा भएको गर्मीको तुलना गरेर नै सकिँदैन।

यो गर्मीका कारण मालीमा रोटी र अन्य अत्यावश्यक पदार्थ भन्दा आइसब्युबको मूल्य बढी रहेको छ। ‘म यहाँ आइसक्युब खरिद गर्न आइरहेको हुँ।’ राजधानी बमाकोकी एक १५ वर्षीया युवतीले भनेकी छिन्। त्यहाँ ४८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ। त्यसै समयमा बहने तातो हावाबाट बच्नका लागि मानिस क्युबले शरीर भिजाउने गर्छन्। कुनै समय यसको मूल्य सय फ्रान्क अथवा शून्य दशमलव २ डलर पर्ने गरेको थियो। अहिले त्यसको मूल्य बढेर तीन सयदेखि पाँच सय फ्रान्कसम्म पुग्ने गरेको छ। यो धेरै नै महँगो मूल्य हो। त्यहाँ पाउरोटीलाई दुई सय ५० फ्रान्क मात्र पर्छ।

त्यहाँ बत्तीको लाइन पनि जान थालेको छ। यसै कारण खाना बनाएर फ्रिजमा राख्ने प्रचलन नै हराएको छ। मालीमा यो अवस्था एक वर्ष अघिदेखि नै सुरु भएको थियो। त्यहाँको राज्यको पावर कम्पनीले बिजुली बापतको पैसा तिर्न सकेको छैन। लाखौँ डलरको ऋणको मारमा पर्न थालेपछि एकपछि अर्को समस्या थपिएको छ। बिजुली नहुनुको मतलब त्यहाँ पंखा पनि चल्दैन। मानिस राति घर बाहिर नै सुत्न थालेका छन्। जसका कारण स्वास्थ्यमा प्रतिकुल समस्या पर्न थालेको छ।

बिजुली नहुनुको मतलब त्यहाँ पंखा पनि चल्दैन। मानिस राति घर बाहिर नै सुत्न थालेका छन्। जसका कारण स्वास्थ्यमा प्रतिकुल समस्या पर्न थालेको छ।

बमाको भन्दा बाहिर यिरीमाइडोका एक बासिन्दा अवस्था एकदमै खराब भएको बताउँछन्। उनले ४६ डिग्रीका तापक्रम हुने भएकाले शरीरमा पानी खन्याइ रहनु आवश्यक रहेको सुनाए। मार्च महिनामा एक्कासी बढेको तापक्रम कुनै स्थानमा ४८ डिग्री पनि नपुगेको होइन। यसले १ सय भन्दा धेरैको ज्यान लिइसकेको छ। यसरी मारिनेमा बुढा र अल्लारे केटा धेरै छन्।

बमाकोको युनिभर्सिटी अस्पतालमा काम गर्ने याकुबा टोलोबा प्रत्येक दिन १५ जना भन्दा बढीको उपचार गराइ रहेको बताउँछन्। अस्पताल भर्ना हुनुपर्ने मध्ये झाडा, पखाला लाग्ने, श्वासप्रश्वास समस्या हुने तथा कफ आइरहने छ। गर्मीका कारण धेरै विद्यालय बन्द भएका छन्।

मुस्लिम देश भएका कारण रामदानमा बस्ने व्रतको महत्त्व थियो। तथापि व्रतका धेरै नियम भङ्ग भएका छन्। प्राध्यापक टोलोबा यस किसिमको अवस्थाका लागि पहिले नै सावधानी अपनाउन आवश्यक भएको बताउँछन्। अब लामो समय यो समस्याबाट बाहिर आउन कठिन छ। जुन महिनासम्म पुग्दा अत्यन्त दुःखद अवस्था आइसकेको हुनसक्छ।

यस्तो गर्मीको असर मालीको अन्य छिमेकी देश सेनेगल गुयना, बुर्कीना फासो, नाइजेरिया, नायजर र चाडमा पनि भइरहेको छ।

वर्ल्ड वेदर एट्रीबुएसनका वैज्ञानिक जलवायु परिवर्तनको समस्याका कारण यो वर्ष धेरै गर्मी भइरहेको बताउँछन्। पछिल्लो रिपोर्टमा जनाइए अनुसार जीवाश्म इन्धनलाई निर्मल गरिएको भए त्यहाँको तापक्रम अहिले भएको भन्दा एक दशमलव ४ या १ दशमलव ५ कमी हुने थियो।

पछिल्लो रिपोर्टमा जनाइए अनुसार जीवाश्म इन्धनलाई निर्मल गरिएको भए त्यहाँको तापक्रम अहिले भएको भन्दा एक दशमलव ४ या १ दशमलव ५ कमी हुने थियो।

बमाकोमा अबको केही साता तापक्रम ४० डिग्री भन्दा बढी नै रहने छ। घाम अस्ताउने बित्तिकै कनाउटे टाउरे सामान बाहिर लगेर ओछ्याउने गरेकी छिन्। उनी गर्मीका कारण सधैँ बाहिर बस्ने गरेको बताउँछिन्। गर्मीकै कारण उनी बिरामी पर्ने गरेकी छिन्। यो समस्या अफ्रिकाको मात्र होइन, दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाको पनि हो।

भूमध्य क्षेत्र र पुरै अफ्रिकाको जस्तो त होइन। तर यी क्षेत्रमा पनि तातो हावा बहन सुरु गरिसकेको छ। अप्रिल महिनाको मध्यमा नै यस्तो समस्या देखिएको छ। एसिया क्षेत्रको तापक्रम अप्रिल महिनाको सुरुवातमा नै एकदमै धेरै हुने गरेको छ। वर्षा याम सुरु नभएसम्म गर्मी बढ्ने गर्छ।

बङ्गलादेशमा तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी भएका कारण विद्यालय बन्द गरिए। त्यसै समयमा आर्द्रता ७३ प्रतिशत भएको पनि जनाइएको छ। यसै कारण धेरै स्थानमा झाडाको जोखिम बढेको छ।

त्यहाँका चिकित्सक अहमदले जनाए अनुसार मानिसहरु कि बिहान सखारै कि साँझ परेपछि मात्र काम गर्न चाहन्छन्। ढाका नुर ए बजारका एक व्यक्ति पहिलेको भन्दा आधा समय मात्र काम गर्ने गरेको बताउँछन्। यसै कारण उनको आम्दानी घटेर आधा भएको छ। गएको सातासम्म भारतका केही स्थानमा मानिसलाई सहनै कठिन हुने अवस्था आएको थियो।

तस्बिर : पिक्चर अलायन्स (पीए)

भारतमा अहिले मतदान जारी छ। मतदान भइरहेकै समयमा पनि यस किसिमको समस्या भएको थियो।

यो अवस्था म्यानमारमा पनि देखियो। विपक्षी नेतृ आङ साङ सुकी जेलबाट घरमै नजर बन्द गर्ने निर्णय भइरहेको समयमा समर्थकको उपस्थिति सडकमा देखिने अनुमान गरिएको थियो। तथापि त्यस्तो भएन। यसको मूल कारण त्यहाँ बढी रहेको गर्मी नै भएको जनाइन्छ।

अहिले एसियाली वर्षा यामको प्रतीक्षा गरेर बसेका छन्। असारको सुरुआतमा मनसुन आइसक्नु पर्ने हो। तर, जलवायु परिवर्तनको असरका कारण यो समयमा मनसुन आउँछ भन्ने नै ग्यारेन्टी छैन। स्रोत : बिबिसी, न्यु योर्क टाइम्स

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : ५१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने

काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार