‘कोमामा रहेको शेयर बजारलाई मौद्रिक नीति सिटामोल मात्रै भयो’ « Khabarhub

‘कोमामा रहेको शेयर बजारलाई मौद्रिक नीति सिटामोल मात्रै भयो’


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ : शेयर बजारकी व्यापारी राधा पोखरेलले मौद्रिक नीतिले शेयर बजारलाई खासै ठूलो राहत नदिएको बताएकी छन् । मौद्रिक नीतिका बारेमा खबरहबले आयोजना गरेको छलफलमा उनले यस्तो बताएकी हुन् । पछिल्लो समय शेयर बजारका व्यापारी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेपनि त्यसको सुधारका लागि राष्ट्र बैंकको नीति राम्रो नआएको उनले बताएकी हुन् ।

यस्तो अवस्थामा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति शेयर बजारका लागि सिटामोल मात्रै भएको उनले बताइन् । सरकारकै कारण शेयर बजार अहिले कोमामा रहेको पनि उनले भनाई छ ।

‘कोमामा रहेको शेयर बजारलाई उकास्न राम्रो औषधि चाहिन्थ्यो, तर मौद्रिक नीति सिटामोल मात्रै हो’ उनले भनिन् । राष्ट्र बैंकले फुलबुट्टा भरेर मौद्रिक नीति ल्याएपनि त्यो शेयर बजारका लागि राहत दिने खालको नभएको पोखरेलले बताइन् ।

साथै उनले राष्ट्र बैंकका अधिकारीले शेयर बजारलाई धितोपत्र बोर्डले नियमन गर्ने भनेपनि मौद्रिक नीतिका कारण शेयर बजार प्रभावित भएको बताइन् । ‘राष्ट्र बैंकको हरेक नीतिले शेयर बजारलाई प्रभावित गर्छ,’ उनले भनिन्, ‘तर केन्द्रीय बैंकका अधिकारी हामीलाई धितोपत्र बोर्ड जानुस् भन्नुहुन्छ । यो ठूलो समस्या हो । ठूलो गैरजिम्मेवारीपन हो ।’

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : ४८ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न  सरकारलाई आग्रह

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण