फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु  « Khabarhub

फरेन्सिक विज्ञसहित संसदीय छानबिन समितिको बैठक सुरु 


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभीको फुटेजमाथि विश्लेषण गर्न विज्ञसहितको संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।

मंगलबार बिहान बसेको बैठकले विज्ञसहित बोलाएर नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । सोहीअनुसार जारी बैठकमा फरेन्सिक विज्ञको रूपमा प्रहरीको विधि विज्ञान प्रयोगशालाका दुई जना प्रहरी अधिकृत सहभागी छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्य राति अर्थ मन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको हो ।

उक्त समितिको मंगलबार बिहान बसेको बैठकमा फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनपछि आफैँ मेटिने भन्दै अर्थ मन्त्रालयले जवाफ दिएपछि समितिले फरेन्सिक ल्याबमा सीसीटीभीको हार्ड डिस्क नै पठाएर रिकभर गर्न लगाएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : ०२ बजे

मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर

निर्वाचन प्रयोजनका लागि खोलेको खाता दुरुपयोग भए कारबाही गर्छौँ : आयोग

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए

श्रीमतीलाई अर्कैको समानुपातिकमा राखेपछि पार्टीबाटै निकालिए प्रलोपा उम्मेदवार

बुटवल- श्रीमतीलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार

कांग्रेसको अगुवाइमा नागरिक अधिकार पाएका हौँ : सङ्ग्रौला

पाटन– राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक

उज्बेक राष्ट्रपति आएका बेला इस्लामावादमा बम आक्रमण, ३१ जनाको मृत्यु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादको मस्जिदमा भएको आत्मघाती बम हमलामा परी