गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु « Khabarhub

गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ । गुजरातमा विषक्त मदिरा सेवन गर्दा अरु २० जना नै गम्भीर बिरामी भएको स्थानीय सञ्चारमाध्यमले जनँएका छन् ।

“बोटाड, भावनगर र अहमदाबादका अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,” द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ ।

मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण एवम् पोस्टमार्टम भइरहेको छ । “पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौँ,” एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए ।

मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ । राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ६ : ५१ बजे

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र