बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१७ घर भई हाल काठमाडौंको बाफलमा बस्‍ने ४२ वर्षीया निशा गुरुङ रहेकी छन् ।

सीआईबीको टोलीले गुरुङलाई काठमाडौंको टोखाबाट सोमबार पक्राउ गरेको हो । २०७९ साल वैशाख १३ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ५४ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–