'कमजोरले गठबन्धन गर्छन्, एमाले एक्लै लड्छ' | Khabarhub Khabarhub

‘कमजोरले गठबन्धन गर्छन्, एमाले एक्लै लड्छ’

'गठबन्धनका दलले शक्ति पाउन हनुमान चालिसा पढेर बसेका छन्'


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गठबन्धन भत्काउन अनेकौं प्रयत्न गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिलेसम्म एक्लो देखिएको छ। गठबन्धनले एक भएर अघि बढ्ने निर्णय गरेसँगै एमालेले निर्वाचनमा एक्लै अगाडि बढ्ने निष्कर्ष निकालेको छ। एमालेले एकीकृत समाजवादीका नेता कार्यकर्ता फकाउनेदेखि जसपामा असन्तुष्ट नेता कार्यकर्ता भित्राउनेसम्म प्रयास गरेको छ। पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि निर्वाचनमा तालमेल गर्ने निर्णय लिएपछि दबाबको सामना गरिरहेको एमाले शक्ति सञ्चयतिर लागेको हो। आगामी निर्वाचनका लागि एमालेको तयारी के हो ?  निर्वाचनका एजेन्डा के छन् लगायतका विषयमा एमालेका प्रभावशाली नेता लालबाबु पण्डितसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

एमाले चुनावको तयारी कसरी गरिरहेको छ ?
चुनाव समयमा नै होस् भनेर कार्यकर्तालाई प्रशिक्षणको कार्यक्रम गराइराखेका छौँ। हाल विभिन्न राजनीतिक पार्टीबाट प्रदेशको कार्यक्रम भइरहेको छ। केही समयपछि स्थानीय तहका उम्मेदवारसँग जोडिएर छलफलको कार्यमा लाग्छौँ।

पाँच दलीय गठबन्धन एक भएर अगाडि बढ्दा तपाईँहरू एक्लिनु भयो। अब के गर्नुहुन्छ ?
हामीले सहारा खोजिरहेका छैनौँ। हाम्रो सहारा जनता हो। स्थानीय तहको निर्वाचनमा पनि एक्लै गएका छौँ। एउटा गठबन्धन हुँदाहुँदै नयाँ गठबन्धन हुँदैन। तर, एमालेलाई मन पराउने राजनीतिक दलहरूसँग तालमेल हुनसक्छ।

बहुदलीय प्रतिस्पर्धामा साना-साना दलबीच गठबन्धन हुन्छ। कांग्रेस हुन जाने दललाई भन्नु केही छैन। हामी चुनावी प्रतिस्पर्धामा आउँछौँ।  उनीहरु नेकपा एमालेसँग एक्लै सकिँदैन भनेर हरेक पार्टीहरू सहारा खोज्न गएको देखिन्छ। कांग्रेसलगायत गठबन्धनमा रहेका दलले अदृश्य शक्ति प्राप्त होस् भनेर हनुमान चालिसा पढेर बसेका छन्।

तपाईँहरूले पहिला २०७४ सालको चुनावका हनुमान चालिसा पढ्दा राम्रो अहिले अरूले पढ्दा नराम्रो हो त ?

२०७४ सालको चुनावमा गठबन्धन भनेका थिएनौँ। विचार फालेका थिएनौँ। छुट्टाछुट्टै तरिकाले भोट मागेको हो। तालमेल गरेको हो। तालमेल गरेको हो। तर, त्यो पछि  सफल भएन। जनताको बीचमा आफ्नो एजेन्डा लिएर गयौँ। एमालेलाई अब टर्च लाइट बालेर खोज्नुपर्छ भन्ने पार्टीहरूले त्यही पार्टीलाई जनताबाट पाएको मत र सिट संख्या हेर्दा अब एक्लै भिड्न सकिँदैन है भनेर गठबन्धन नामको पार्टी बनाउन खोजिएको हो। जो जसरी आउँछ र अझै यो गठबन्धनमा अरू नेपालका सबै पार्टी गए पनि केही हुँदैन। पहिला नेपालमा ३३ दलीय गठबन्धन थियो र पछि सरकारले त्यसलाई खारेज गर्दा यो चाहिन्छ भनेर कोही गएन। त्यसैले कमजोरले गठबन्धनको कुरा गर्छन्। नेकपा एमाले एक्लै चुनावमा जान्छ।

नेकपा एमालेले के एजेन्डा लिएर चुनावमा जान्छ ?
नेकपा एमालेले विकासको एजेन्डा, समृद्धिको एजेन्डा, राष्ट्रिय एजेन्डा बोक्छ। समृद्ध नेपाल, सुखी नेपाली भनेर सरकारमा रहँदा नै तयार भएको महान् अभियानलाई पूरा गर्नका लागि जनताको हितमा काम गर्छौं र गल्ती भए स्वीकार गर्छौं। ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा यो गठबन्धनले कुनै अवरोध हुँदैन। एमसीसी, एसपीपी, कालापानी लिपुलेकको नक्सा तयार गर्दा विदेशीको षडयन्त्रमा परेर सरकार ढाल्ने काम भयो त्यसलाई हामी पूर्ण उजागर गर्छौँ। देउवा आफैं प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा जाँदा चुच्चे नक्सा हटाउन लगाइयो। नेपालको दूतावासमा हटाइएको चुच्चे नक्सा भारतमा थियो। त्यसमा नेपाली कांग्रेसका सभापति भएर गएको बेला हटाएको हो ।

नेकपा एमाले हिन्दु राज्यको पक्षमा उभिन खोजेको हो ?
संविधानको पक्षमा छ। अहिले संविधान नयाँ बन्दैन र परिवर्तन पनि हुँदैन। भविष्यमा होला त्यो अर्कै कुरा हो तर, हिन्दु धर्मलाई अपमान गर्नु हुँदैन। नेकपा एमाले संविधानको संरक्षण गर्न तयार छ। एउटा मात्र धर्म हुनुपर्छ भन्नेमा नेकपा एमाले छैन। केपी ओली प्रधानमन्त्री हुँदा नेपालमा अयोध्या छ र त्यहाँको पुनःनिमार्णको निम्ति र मूर्ति प्रतिस्थापनको निम्ति भनेर पठाइएको हो। राज्य चल्ने भनेको कानुन र संविधानले हो। धर्मले हैन।

यो संसद्ले महाअभियोगको प्रस्ताव टुङ्गो लगाउन भ्याउँछ भन्ने लाग्छ ?
नेकपा एमालेसँग कुनै सरसल्लाह नगरी महाअभियोगको प्रस्ताव दर्ता भएको हो। महाअभियोग जस्तो प्रस्ताव आउँदा दुई तिहाइको आवश्यकता हुन्छ। त्यसमा संसदभित्र प्रतिनिधिसभाको ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्षसँग एक शब्द पनि सल्लाह गरेन।

महाअभियोग दर्ता भए पश्चात एमालेले चोलेन्द्रलाई बोक्छ भनेर संसदभित्र हामी नहुँदा प्रस्ताव लिएर आएर त्यसमा एमालेले ४ जना आफ्ना सदस्यलाई त्यो समितिमा पठायो। त्यसपछि गठबन्धनमा तरङ्ग उत्पन्न भयो र ५ महिनासम्म बढाउँदै लगेपश्चात सरकार कामचलाउ हुन्छ र प्रतिनिधिसभा पनि सबैको ध्यान चुनावमा गएपछि विवाद हुँदैन।

महाअभियोगजस्तो विषय चुवानको घोषणा गरिसकेपछि अगाडि बढ्नु सकारात्मक छैन। षडयन्त्रमूलक तरिकाले आएको हुँदा हामी छलफल गर्छौँ। यो समयमा नै सकियो भने अगाडि बढ्छ। तर, गठबन्धनले जता भन्छ, त्यतै एमाले जाँदैन।

चोलेन्द्र शमसेर जबरालाई  महाअभियोगबाट हटाउनका लागि एमालेले संसदमा भोटिङ हुँदा पक्षमा मत हाल्छ कि विपक्षमा ?
कसैलाई त्यसै बचाउनका लागि नलागी, प्रक्रिया नपुर्‍याइ हतारमा यो पार्टीले ल्याएको भनेर आँखा चिम्लेर सदर गर्ने पक्षमा नेकपा एमाले छैन।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : २९ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान