सुर्खेतमा दुई लाख ४७ हजार मतदाता कायम « Khabarhub

सुर्खेतमा दुई लाख ४७ हजार मतदाता कायम


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाबाट दुई लाख ४७ हजार सात सय ४० मतदाता कायम भएका छन्।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले क्षेत्र नं १ मा एक लाख २३ हजार ७५ तथा २ मा एक लाख २४ हजार छ सय ६५ मतदाता रहेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन तयारीका काम सुरु भइसकेको बताए।

उनका अनुसार भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ । भदौ १३ देखि १५ गतेसम्म प्रकाशित मतदाता नामावलीउपर दाबी–विरोध, भदौ १३ देखि १७ गतेसम्म उजुरीउपर मतदातालाई प्रमाणसहित सफाइका लागि समय तोकिएको छ ।

त्यस्तै मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि भदौ १३ देखि १६ गते, भदौ १३ गतेदेखि १७ गतेसम्म मृत्यु भएका मतदाताको जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समय तोकिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ३३ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६