नेकपा एसले भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाइसक्ने « Khabarhub

नेकपा एसले भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाइसक्ने


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसीमा तोकेको छ ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसीमा छुटाएको हो ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।

उनका अनुसार क्षेत्रीय कमिटीले १० भदौभित्र नाम सिफारिस गरेर जिल्लामा पठाए पछि जिल्ला कमिटीले १५ भदौभित्र प्रदेश कमिटीलाई पठाइसक्ने गरी कार्यतालिका बनाइएको छ

प्रदेश कमिटीले १५ भदौमा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि २० भदौमा सो पार्टीको केन्द्रीय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ ।

यसरी टुंगो लगाइएका उम्मेदवारहरुलाई सत्तारुढ गठबन्धनको सिटबाँडफाट अनुसार गठबन्धनबाट उम्मेदवार घोषणा गरिने उनको भनाई छ । उनका अनुसार कतिपय जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि धमाधम उम्मेदवार सिफारिस गर्ने कार्य सुरु भइसकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ३५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र