कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह « Khabarhub

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह


१० भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताएका छन्।

नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उनले भने, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने आम मान्यता रहँदै आएको छ ।”

मुलुकमा निर्वाचनको माहौल सुरु भइसकेको उनले बताए । अहिलेको सरकार बन्नु अघिको सरकारले ऐन कानुन नबनाइदिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने परिस्थिति बनेको उनले धारणा राखे। उनले अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताए।

उनले मुलुकमा राजनीतिक दुर्घटना हुनबाट रोक्न हालको अस्थायी अरेजमेन्ट सोरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएकोसमेत उनले दाबी गरे।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १२ : १२ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको