एमालेका नयाँ केन्द्रीय सदस्यको शपथ « Khabarhub

एमालेका नयाँ केन्द्रीय सदस्यको शपथ


१० भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समयमा मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणसँगै नेकपा (एमाले)को केन्द्रीय कमिटी चौथो बैठक आज ललितपुरको च्यासलस्थित सो पार्टीको कार्यालयमा सुरु भएको छ ।

बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, कार्य विभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् ।

यही भदौ ७ गते स्थायी कमिटी र भदौ ९ गते पोलिटब्युरो बैठक बसेर केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको थियो ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १२ : ४९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको