एमालेका नयाँ केन्द्रीय सदस्यको शपथ « Khabarhub

एमालेका नयाँ केन्द्रीय सदस्यको शपथ


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समयमा मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणसँगै नेकपा (एमाले)को केन्द्रीय कमिटी चौथो बैठक आज ललितपुरको च्यासलस्थित सो पार्टीको कार्यालयमा सुरु भएको छ ।

बैठकको थालनीमा अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो सचिवालय बैठकमा मनोनीत एकता प्रक्रियाबाट आएका जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, कार्य विभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् ।

यही भदौ ७ गते स्थायी कमिटी र भदौ ९ गते पोलिटब्युरो बैठक बसेर केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : ४९ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट