वर्षात्ले सडक बिग्रिएपछि सुनसान ‘चमेरे गुफा’ « Khabarhub

वर्षात्ले सडक बिग्रिएपछि सुनसान ‘चमेरे गुफा’


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटस्थित पर्यटकीयस्थल चमेरे गुफा हिजोआज सुनसान छ । वर्षात्ले गर्दा गुफासम्ममा पुग्ने सडक बिग्रिएपछि त्यहाँ पर्यटकलाई पुग्न असहज हुने गरेको छ । 

मोटरसाइकल छिटफुटरुपमा जाने गरेको भए पनि गाडी जान सम्भव नहुँदा पनि पर्यटक आवतजावत गर्न समस्या हुने गरेको छ । दक्षिण एशियाकै दोस्रो ठूलो चमेरे गुफा भनेर दाबी गरिएको भए पनि त्यहाँसम्म पुग्ने सडक पक्की नहुँदा हरेक वर्ष वर्षात्मा त्यहाँ पर्यटक जाने गर्दैनन् । हिउँदका समयमा पर्यटकको घुइँचो लाग्ने गरेको त्यो स्थान हिजोआज सुनसान हुने गरेको  गुफामा कार्यरत कर्मचारी सीताराम पुनले बताए । ‘हिउँदमा धेरै जना आँउछन्, भिडभाड धेरै हुन्छ’, उनले भने, ‘तर हिजो आज त हप्तामा पाँच/सात जनाभन्दा बढी आउनसक्ने अवस्था छैन।’  

हिजो आज त्यहाँ पुग्नलाई निकै समस्या हुने गरेको आन्तरिक पर्यटक सुमित्रा आचार्यले बताए । ‘हामी आउँदा निकै सङ्घर्ष गर्नुपर्‍यो, सडकको बीचमा खाल्डाखुल्डी छन्’, उनले भने। चमेरे गुफा पुग्नलाई तुलसीपुर उपमहानगरपालिकाको वडा नं ३ को हर्नेटी हुँदै वडा नं ४ को केही भाग पर्छ । अधिकांश भाग वडा नं ३ मा पर्छ । यी दुवै वडाको समन्वयमा गुफासम्म पुग्ने सडक पक्की बनाउने विषयमा छलफल भइरहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले बताए । ‘हामीले वडा नं ३ को वडाध्यक्षसँग पनि छलफल गरिरहेका छौँ’, उनले भने, ‘दुईवटै वडाको संयुक्त पहलमा सडक पक्की बनाउने काम हुन्छ ।’

अहिलेसम्म चमेरे गुफाको सडक तथा अन्य संरचनाका लागि प्रदेश सरकारले  ६५ लाख, सुजिता शाक्य फाउन्डेशनले १० लाख बजेट आएको छ । साथै चालु वर्षका लागि पर्सेनी हुँदै चमेरे गुफा पुग्नका लागि  ७५ लाख बजेट विनियोजन भएको छ । 

उक्त गुफा २० वर्षअघि फेला परेको हो । ३० मिटर उचाइ, लम्बाइ १६ मिटर र चौडाइ सात मिटर रहेको छ भने तीन वटा तला रहेको छ । गुफामा एक हजार बढी मान्छे अट्ने आकारमा रहेको छ । गुफामा भएको पुरातत्वलाई अझै पनि पत्ता लगाउन सकिएको छैन ।  गुफामा एक हजार वर्ष पुराना अभिलेख फेला परेका छन् । गुफाभित्र परापूर्वककालका विभिन्न आकृति र स्तूप रहेका छन् ।

केही वर्षअघि स्थानीयको सक्रियतामा पहिलो पटक गुफाको चिरानीका लागि महोत्सव लगाइएको थियो । उक्त गुफा समुद्र सतहदेखि एक हजार दुई सय ३० मिटरको उचाइमा रहेको चमेरे गुफा ऐतिहासिक, धार्मिक महत्व बोकेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : ३१ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ