बानको लुम्बिनी प्रदेश सचिवमा भुसाल निर्वाचित « Khabarhub

बानको लुम्बिनी प्रदेश सचिवमा भुसाल निर्वाचित


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– ब्रोडकास्टिङ एशोसियसन नेपाल बानको लुम्बिनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् ।

काठमाडौँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सतौँ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित गरेको हो ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सञ्चालन गरिरहेका भुसाल न्युज कारखानाका स्थानीय संवाददाता समेत हुन् । भुसाल नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्जका स्टेसन म्यानेजर तथा सञ्चालक हुन् ।

लामो पत्रकारिताको अनुभव रहेका भुसालले प्रदेशमा रहेका रेडियोहरूको संस्थागत विकासका लागि आफूहरू प्रतिवद्ध रहेको बताए । विभिन्न सामाजिक गतिविधिमा सक्रिय भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको संस्थापक अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : ३९ बजे

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल