चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा  « Khabarhub

 चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा 


१० भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो ।

दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा आधारित छ । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको छ । 

चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका छन्  । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले चलचित्रको कथावस्तुलाई निकै मन पराएका छन् । उनले चलचित्र उत्कृष्ट बनेकाले  दर्शकसँगै नेताले पनि यस चलचित्र नछुटाउन आग्रह गरेका छन् ।

त्यस्तै निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले चलचित्रमा नायक खड्काको अभिनय हेर्दा आनन्द महसुस भएको चर्चा गरेका छन् । उनले चलचित्र हेर्दा कर्णालीभन्दा टाढा भए तापनि त्यहाँको जीवनमा आधारित भएकाले चलचित्र निकै नै राम्रो रहेको प्रशंसा गरे । विनिश इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ । चलचित्रको कथावस्तु विकास सुवेदीले लेखेका छन् ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : ०६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२