न्यू एभरेष्ट माछा फार्म : ११ जनालाई स्वदेशमै रोजगारी « Khabarhub

न्यू एभरेष्ट माछा फार्म : ११ जनालाई स्वदेशमै रोजगारी


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा– मोरङको बेलबारी–२ मा न्यू एभरेष्ट माछा फार्मका सञ्चालक मोहन राई प्रदेश नं १ कै स्थापित माछापालन तथा भुरा बिक्री वितरण गर्ने कृषकका रूपमा परिचित छन् । भुरा बिक्री वितरण तथा  माछापालन व्यवसायमा रमाइरहेका राई विगत २५  वर्षदेखि निरन्तररूपमा यो पेसालाई अँगालेर स्वदेशमै मनग्य आम्दानी गर्न सफल भएका छन् । व्यावसायिक किसिमले विभिन्न जातका माछाका भुरा तथा खाने माछा खरिद बिक्री गदै आएका राई ११ जति कामदारलाई स्वदेशमै रोजगारीसमेत दिन सफल भएका छन् । उनले आफ्नो आठ कट्ठा जमिनमा रहेको माछा फर्ममा आधुनिक किसिमको पद्धति अपनाएर माछाको भुरा बिक्री तथा माछापालन गरी वार्षिकरूपमा १० लाख जति आम्दानी गरेर अघि बढ्न सफल भएको बताए । 

 कृषकका लागि सहज किसिमले आफ्नो फार्मबाट माछाका भुराको बिक्री वितरण गर्दै व्यवसायलाई अघि बढाएका राई माछापालन गर्न चाहने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतसमेत बन्न सफल भएका छन् । उनको माछा फार्ममा दैनिकरूपमा बर्खा र हिउँद गरी सिजनको समयमा ग्राहक पहाड तथा मधेसको भित्री भागबाट समेत माछाका भुरा खरिद गर्न आउने गरेको पाइन्छ ।

राईको व्यावसायिक फार्ममा खाने माछा  किन्नेको समेत भीड लाग्ने गर्दछ । थोरै जमिन तथा कम लागतमा पनि माछापालन गर्दा दोब्बरभन्दा बढी आम्दानी लिन सकिने अनुभव बटुलेका राई नेपालमा बढी मात्रामा भारतीय माछाले बजार लिइरहेको हुँदा यस व्यवसायको विकासका लागि कृषकलाई हौसला तथा सहयोग हुने खालको कार्यक्रम सम्बन्धित पक्षले ल्याउन जरुरी भएको बताउँछन् । 

राईले सञ्चालन गरेको फार्ममा विशेष गरेर उन्नत जातका माछाका भुरा ग्रासकार्प, कमनकार्प, सिल्भर कार्प, विगहेड कार्प, पङ्गास, रहु, नैनी, भाकुर, साथै हाइबेड, मुग्रीलगायतका भुरा सहजरूपमा पाइन्छन् । खाने माछामा मुर्गीबाहेक अन्य जातका माछा यहाँ उत्पादन हुने गरेको छ । 

मेहनत र पौरख गरेर राम्रोसँगले माछापालन गर्ने हो भने जीविकोपार्जन मात्र होइन मनग्य पैसा कमाउन सक्ने सम्भावना रहेको राई बताउनुहुन्छ । अन्य कृषि व्यवसायको तुलनामा  यस व्यवसायबाट  स्वदेशमै  राम्रो  आम्दानी गर्न सकिने उनको भनाइ छ । फागुन १५ देखि असोज कात्तिकसम्मको समय माछापालनको सिजन भएकाले माछालाई जाडोभन्दा गर्मी नै बढी सहज हुने कृषक राई बताउँछन् । 

स्वदेशमै रहेर लामो समयदेखि माछा तथा भुरा बिक्री वितरण गर्दै आएका राईले राँगाभैँसीको समेत मासुका लागि खरिद बिक्री गरी व्यवसायलाई थप मजबुत बनाएका छन् । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  २ : ०७ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट