निर्वाचन केन्द्रित अभियानमा राजनीतिक दल « Khabarhub

निर्वाचन केन्द्रित अभियानमा राजनीतिक दल


१० भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना तथा ठूला राजनीतिक दलले निर्वाचन केन्द्रित भेला, प्रशिक्षण, बैठक आयोजना गरेसँगै चुनावी सरगर्मी बढेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल यतिखेर गृहजिल्ला तनहुँमा छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ पनि अहिले जिल्लामै छन् । यसकारण पनि यहाँ चुनावी चर्चा बढेको पाइएको छ ।

विभिन्न दलका नेताहरूले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नं १ मा आफूहरूको दाबी पत्रकार सम्मेलनमार्फत गरिसकेका छन् ।

तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री शंकर भण्डारीको पनि दाबी छ । अघिल्लो पटक क्षेत्र नं २ बाट पराजित भण्डारी यसपटक भने तनहुँ क्षेत्र नं १ मै उम्मेदवार बन्ने चाहनामा छन् । नेकपा (एमाले) का तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ तनहुँ क्षेत्र नं १ मा उम्मेदवार बन्ने चर्चा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जिल्ला अध्यक्ष विनोद घर्तीले तनहुँ क्षेत्र नं १ मा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यसैगरी तनहुँ क्षेत्र नं १ मा स्वतन्त्ररुपमा प्रविण पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । 

उता तनहुँ क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेलको दाबी छ । नेकपा (एमाले) का तर्फबाट स्थायी कमिटी सदस्य किरण गुरुङ, वर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल, पोलिटब्युरो सदस्य टुकराज सिग्देलको दाबी छ । 

नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ आजदेखि सुरु गरेको छ । यो अभियानका लागि केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई तनहुँमा प्रतिनिधिका रुपमा खटाएको छ । अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म सञ्चालन हुने कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए । 

नेपाली कांग्रेसले यो अभियानका लागि जिल्लाका दशवटै पालिकामा प्रतिनिधि परिचालन गरेको छ । व्यासमा प्रा डा कृष्ण गौतम, भानुमा देवकुमार श्रेष्ठ, बन्दीपुरमा सहदेव अधिकारी, देवघाटमा सरिता गुरुङ, आँबुखैरेनीमा चिनु पोख्रेल, शुक्लागण्डकीमा मिलन आले, ऋषिङमा हरि वाग्ले, म्याग्देमा श्रीराम सुवेदी, भिमादमा किसान गुरुङ र घिरिङमा रामकृष्ण बिक खटिएका छन् । 

यो अभियान प्रत्येक पालिकामा भदौ १५ गते, ८५ वडामा भदौ १८ गते र १९ देखि २२ गतेसम्म वडाको टोलमा सञ्चालन गरिने खनालले जानकारी दिए । ‘नेपाली कांग्रेस पूर्णरुपमा निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको छ’, खनालले भने।

नेकपा एमाले तनहुँले जिल्लास्तरको प्रशिक्षण, पालिकास्तरको प्रशिक्षण र बैठक आयोजना गरेको छ । निर्वाचनलाई लक्षित गरी सबै पालिकामा भेला, प्रशिक्षण र बैठक सञ्चालन गरिएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेलले जानकारी दिए ।

सत्तारुढ नेकपा एकीकृत समाजवादी तनहुँ उम्मेदवार सिफारिस गर्ने तयारीमा छ । केन्द्रीय कमिटीले उम्मेदवार सिफारिस गर्न निर्देशन दिएसँगै दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक बसेर उम्मेदवार सिफारिस गर्न लागिएको जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए । 

सत्तारुढ जनता समाजवादी पार्टी तनहुँले भने उम्मेदवार सिफारिस गरिसकेको छ । जसपा तनहुँको जिल्ला कार्यसमिति बैठकले तनहुँका दुई संघीय क्षेत्र र दुई प्रदेशसभा क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । 

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री शिवलाल थापा मगरलाई सिफारिस गरिएको छ । त्यस्तै तनहुँ क्षेत्र नं १ को प्रदेश (क) मा टेकबहादुर गुरुङ र प्रदेश (ख) मा सामाजिक अभियन्ता खड्क आले मगर सिफारिस  भएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा केन्द्रीय विज्ञ परिषद् सदस्य सोमबहादुर नेपालीलाई सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

–कृष्ण न्यौपाने रासस

 

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  २ : ३२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको