ओझेलमा दिदीबहिनी झरना « Khabarhub

ओझेलमा दिदीबहिनी झरना


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।

यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एउटै खोलामा बगेको पानीमा चार वटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम दिदीबहिनी झरना राखेका छन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीन घण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ ।

मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइँली र कान्छी भन्ने गरिएको छ । स्थानीयले सबैको नाम एक मुष्ठरुपमा ‘दिदीबहिनी’ राखेको स्थानीय बताउँछन् । झरना जङ्गलको बीचमा रहेको हुँदा स्थानीयले घाँस दाउरा गर्न जाँदा झरनाको पहिचान गरेका थिए । वर्षौँ अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन ।

झरनाको फेदमा भल्कोटका स्थानीयले गोठ बनाएका छन् । गोठमा बर्सातको समय सयौँ गाई भैँसी र भेँडा बाख्रा बाँध्ने गरिन्छ । चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोज स्थलका रूपमा पनि निकै उत्कृष्ट मानिन्छ । गोठमा बस्ने गोठालाले यही झरनाको पानी पिउने गर्छन् । यो झरना पैदल यात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ ।

ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रसार गर्न थालेको छ । यहाँ पूर्वाधारसमेत निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ । पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले पर्यटक आकर्षित गर्न वडाले पदमार्ग, सडक निर्माण गर्ने बताए।

अध्यक्ष बुढामगरले झरनालाई थप व्यवस्थित बनाउने र त्यस वरपर पार्कसमेत निर्माण गर्ने योजना बनाएको बताए। “लामो समयदेखि यो झरना ओझेलमा छ, यसको प्रचारप्रसार र विकासका लागि हामी निर्वाचित भएर आएदेखि निरन्तर लागि रहेका छौँ, योजना बनाइरहेका छौँ, सबैभन्दा पहिले पर्यटक झरनासम्म पुग्न पदमार्ग निर्माण र सडक निर्माण गर्नु पर्ने छ”, अध्यक्ष बुढामगरले भने, “बिस्तारै त्यस वरपर पार्क निर्माण गर्ने, झरनालाई व्यवस्थित बनाउने योजना बनाएका छौँ आगामी वर्षको बजेटमा यसलाई विशेष प्राथमिकतामा राख्ने छौँ ।”

झरना भएको स्थान करिब तीन हजार मिटरको उचाइमा पर्छ । यहाँसम्म पुग्न सडक तथा पदर्माग निर्माण भए हिउँद बर्खा दुवै यामलाई सजिलो हुनेछ । यी झरनालाई बाहिर चिनाउन सकिए हिउँदमा हिउँ खेल्न र बर्सातमा गर्मी छल्न तथा हरियाली मौसमसँग रमाउनका लागि बागलुङ बजार र त्यो भन्दा परबाट पनि पुग्न सजिलो हुने देखिन्छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : १० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच