बालेनको बल प्रयोगले खुल्यो राहदानी विभागको पार्किङ « Khabarhub

बालेनको बल प्रयोगले खुल्यो राहदानी विभागको पार्किङ


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रूपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो ।

अवैध रूपमा बनेका संरचना र अनुमति विपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले  पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सीसहितका समान राखेपछि हटाएको थियो ।

महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङको रूपमा प्रयोग गरिने जानकारी दिएको हो ।

विभागले आइतबारदेखि नै लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि यस विभागमा आइदिन, आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र आइदिन, तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साबिकमा झैँ गेट नं. २ बाट प्रवेश गरिदिन, राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : ०३ बजे

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

स्याङ्जा–१ मा रास्वपा उम्मेदवार अगाडि, कांग्रेसले पछ्याउँदै

स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ मा

चितवन–३ मा सोविता अगाडि, रेनु पछ्याउँदै

काठमाडौं-चितवन–३ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार सोविता अग्रस्थानमा छिन्। उनले

काठमाडौं-१ : हारमा रवीन्द्रको ‘ह्याट्रिक’, सुत्केरी रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

काठमाडौं – २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका ‘हेभीवेट’ उम्मेदवार प्रकाशमान