वातावरण सम्मेलन आयोजना गरिने « Khabarhub

वातावरण सम्मेलन आयोजना गरिने


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले  ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ । सम्मेलनको पूर्वतयारीका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज सरोकारवालासँग छलफल गरेका छन् । 

राजधानी काठमाडौँमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधता तथा वातावरण संरक्षणमा नवीन प्रविधिको अन्वेषण र प्रयोगका विषयमा गहन ढङ्गको छलफल हुनुपर्नेमा जोड दिए । 

जलवायु परितर्वनको असर तीव्र गतिमा बढिरहेको भन्दै उनीहरूले यसको असरबाट जोगिने उपायका बारेमा सचेत गराउँदै समुदायस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका थिए । वातावरण संरक्षणका निम्ति बनाइएको कानून, नियम, नीति, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिबद्धताका आधारमा सम्मेलनमार्फत स्पष्ट नीति बनाइनुपर्ने उनीहरूको भनाइ थियो ।

बागमती प्रदेशलाई वातावरण संरक्षणको क्षेत्रमा अग्रसरताका साथ काम गर्न अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उनीहरूले सम्मेलनको निष्कर्षले अन्तरराष्ट्रिय समुदायलाई पनि घच्घच्याउनुपर्ने बताए । वातावरण संरक्षणको मुद्दामा सङ्घ र स्थानीय सरकारका साथै निजी क्षेत्र तथा सरोकारवालालाई एकताबद्ध बनाएर लैजानुपर्ने तथा नीतिगत सुधारका बारेमा सम्मेलनले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो । 

आजको छलफलले सम्मेलन आयोजनाका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जीवनाथ पौडेलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समितिसमेत गठन गरेको छ । 

सम्मेलनबाट साझा तय गर्छौँ : मन्त्री खड्का

मन्त्री खड्काले सम्मेलनबाट वातावरणका संरक्षणको मुद्दामा सरोकारवालाको साझा तय गर्ने बताए । जलवायु परिवर्तन तथा वातावरण संरक्षणको मुद्दामा दलहरूबीच सामान धारणा नपाइएको जनाउँदै उनले सम्मेलनले सबैलाई एक ठाउँमा ल्याउने र सो विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

विश्वव्यापीरूपमा वातावरण संरक्षणको क्षेत्रमा नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरणका बारेमा अन्तरराष्ट्रियस्तरमा ‘लबिङ’ गर्नुपर्ने बताए । ‘वातावरण संरक्षणमा नेपालको महत्वपूर्ण भूमिका छ, वातावरणको मुद्दामा नेपालले अगुवाइ गर्नुपर्ने दृष्टिकोणका साथ सम्मेलनको आयोजना गरिएको हो’, उनले भने । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : २८ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक