राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपत्यका भेला आयोजना गर्ने « Khabarhub

 राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपत्यका भेला आयोजना गर्ने


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपत्यका भेला आयोजना गर्ने भएको छ । काठमाडौंको खुला मञ्चमा  काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेटेर उपत्यका भेला आयोजना गर्न लागेको हो । 

उक्त भेलामा  उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने भएकाे छ । परिवर्तनको लहरलाई स्थापित गर्न चाहने आकांक्षी  उम्मेदवारले सोही मञ्चबाट पहिलो पटक बोल्ने जनाइएको छ । 

गत असार ७ गते राष्ट्रिय सभागृह काठमाडौंबाट पार्टी घोषणा भएको थियो । देश दौडाहा गरेर काठमाडौँ फर्किएका रबी लामिछने अहिले आफ्नो पार्टी बाट उठाउन देशभरबाट स्वतन्त्र उम्मेद्वार पनि खोजी रहेका छन् । भेलामा उपस्थित हुन राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ठाउँ ठाउँमा ब्यानरहरू टाँसेको छ । 

पार्टी सभापति लामिछानेले लेखेका छन्  ‘हामी पर्सि खुलामञ्चमा सभा मात्र होइन  एउटा सुनौलो युगको सुरुवात गर्न चाहन्छौँ ।  युवाको युग , सक्षमहरुको युग, नयाँ राजनीतिक संस्कारको युग । शनिबारको उपत्यका भेलामा हामी सँगै मञ्चमा प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद्  डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा. प्रणय शमशेर राणा , शिक्षाविद् शिशिर खनाललगायत अन्य वक्ताहरू हुनु हुने छ’।  

 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : ०० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्