राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपत्यका भेला आयोजना गर्ने « Khabarhub

 राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपत्यका भेला आयोजना गर्ने


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपत्यका भेला आयोजना गर्ने भएको छ । काठमाडौंको खुला मञ्चमा  काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेटेर उपत्यका भेला आयोजना गर्न लागेको हो । 

उक्त भेलामा  उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने भएकाे छ । परिवर्तनको लहरलाई स्थापित गर्न चाहने आकांक्षी  उम्मेदवारले सोही मञ्चबाट पहिलो पटक बोल्ने जनाइएको छ । 

गत असार ७ गते राष्ट्रिय सभागृह काठमाडौंबाट पार्टी घोषणा भएको थियो । देश दौडाहा गरेर काठमाडौँ फर्किएका रबी लामिछने अहिले आफ्नो पार्टी बाट उठाउन देशभरबाट स्वतन्त्र उम्मेद्वार पनि खोजी रहेका छन् । भेलामा उपस्थित हुन राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ठाउँ ठाउँमा ब्यानरहरू टाँसेको छ । 

पार्टी सभापति लामिछानेले लेखेका छन्  ‘हामी पर्सि खुलामञ्चमा सभा मात्र होइन  एउटा सुनौलो युगको सुरुवात गर्न चाहन्छौँ ।  युवाको युग , सक्षमहरुको युग, नयाँ राजनीतिक संस्कारको युग । शनिबारको उपत्यका भेलामा हामी सँगै मञ्चमा प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद्  डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा. प्रणय शमशेर राणा , शिक्षाविद् शिशिर खनाललगायत अन्य वक्ताहरू हुनु हुने छ’।  

 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : ०० बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा