एमाले बैठक : ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन « Khabarhub

एमाले बैठक : ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन


१० भदौ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको छ ।

समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले अर्को बैठकमा जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बोधनका क्रममा उनले वर्तमान सरकार देश र जनतालाई सेवा गर्ने भावको दिशामा नगएको आरोप लगाउँदै एमालेलाई घेराबन्दी पार्ने प्रयासलाई आउने निर्वाचनबाट असफल बनाइने जिकिर गरे ।

बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकबाट भएका निर्णयहरूको अनुमोदन  हुनेछ । सचिवालयले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।

बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चार केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा अध्यक्ष राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन,  भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टीका कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् । एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार बिहान १०ः३० बजे पुनः बस्नेछ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ७ : ३४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको