एमाले बैठक : ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन « Khabarhub

एमाले बैठक : ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको छ ।

समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले अर्को बैठकमा जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बोधनका क्रममा उनले वर्तमान सरकार देश र जनतालाई सेवा गर्ने भावको दिशामा नगएको आरोप लगाउँदै एमालेलाई घेराबन्दी पार्ने प्रयासलाई आउने निर्वाचनबाट असफल बनाइने जिकिर गरे ।

बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकबाट भएका निर्णयहरूको अनुमोदन  हुनेछ । सचिवालयले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।

बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चार केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा अध्यक्ष राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन,  भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टीका कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् । एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार बिहान १०ः३० बजे पुनः बस्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : ३४ बजे

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

सावाखोलामा पक्की पुल निर्माण

खोटाङ– सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत