सत्ता गठबन्धन कार्यदलको बैठक : प्रदेशसभामा हुने भागबण्डाबारे छलफल सुरु « Khabarhub

सत्ता गठबन्धन कार्यदलको बैठक : प्रदेशसभामा हुने भागबण्डाबारे छलफल सुरु


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धन कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफल सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा प्रदेशतर्फ पनि बाँडफाँट कसरी गर्ने भन्नेबारे छलफल सुरु भएको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । तर, ठोस सहमति नबनेको भन्दै उनले यसबारे छलफलका लागि आइतबार पुनः बैठक बोलाइएको बताए ।

यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो ।
अहिले दलहरूबाट आफ्नो हिसावले दाबी प्रस्तुत गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिँदा यसलाई रियालिस्टिक गा्रउण्डमा राखेर छलफल गरेर टुंगोमा पुगिने कार्कीले बताए ।

‘नेतृत्वले कार्यदललाई सुम्पेको जिम्मेवारी अनुसार संघको बारेमा छलफल हुँदा आएकामा आज प्रदेशमा प्रवेश गरिएको छ ’, उनले भने, ‘समग्रमा भन्नुपर्दो जिम्मेवारी बहन गर्ने नजिक–नजिक पुगेका छौँ । आइतबार ४ बजे बैठक फेरि बसेर सिट बाँडफाँटबारे निष्कर्षमा पुग्छौँ ।’

प्रतिनिधिसभा र प्रदेशसभामा भागबण्डा गर्दा सकेसम्म फरक दलबाट प्रतिनिधित्व हुनेगरी व्यवस्था मिलाइने उनको भनाइ छ ।

प्रतिनिधिसभातर्फ काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ तथा जनमोर्चाले २ सिट दाबी गरेको छ । तर, प्रदेशसभामा भने छलफल सुरु भएकाले दाबीबारे सञ्चारमन्त्रीले प्रष्ट खुलाएका छैनन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ४३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग