सत्ता गठबन्धन कार्यदलको बैठक : प्रदेशसभामा हुने भागबण्डाबारे छलफल सुरु « Khabarhub

सत्ता गठबन्धन कार्यदलको बैठक : प्रदेशसभामा हुने भागबण्डाबारे छलफल सुरु


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धन कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफल सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा प्रदेशतर्फ पनि बाँडफाँट कसरी गर्ने भन्नेबारे छलफल सुरु भएको सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । तर, ठोस सहमति नबनेको भन्दै उनले यसबारे छलफलका लागि आइतबार पुनः बैठक बोलाइएको बताए ।

यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो ।
अहिले दलहरूबाट आफ्नो हिसावले दाबी प्रस्तुत गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिँदा यसलाई रियालिस्टिक गा्रउण्डमा राखेर छलफल गरेर टुंगोमा पुगिने कार्कीले बताए ।

‘नेतृत्वले कार्यदललाई सुम्पेको जिम्मेवारी अनुसार संघको बारेमा छलफल हुँदा आएकामा आज प्रदेशमा प्रवेश गरिएको छ ’, उनले भने, ‘समग्रमा भन्नुपर्दो जिम्मेवारी बहन गर्ने नजिक–नजिक पुगेका छौँ । आइतबार ४ बजे बैठक फेरि बसेर सिट बाँडफाँटबारे निष्कर्षमा पुग्छौँ ।’

प्रतिनिधिसभा र प्रदेशसभामा भागबण्डा गर्दा सकेसम्म फरक दलबाट प्रतिनिधित्व हुनेगरी व्यवस्था मिलाइने उनको भनाइ छ ।

प्रतिनिधिसभातर्फ काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ तथा जनमोर्चाले २ सिट दाबी गरेको छ । तर, प्रदेशसभामा भने छलफल सुरु भएकाले दाबीबारे सञ्चारमन्त्रीले प्रष्ट खुलाएका छैनन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ४३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ