दुई हजार बढीले बुझाएनन् खर्च विवरण | Khabarhub Khabarhub

दुई हजार बढीले बुझाएनन् खर्च विवरण


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रङ्गेली– मोरङमा स्थानीय तह निर्वाचनका दुई हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन तोकेको समयमा थोरै उम्मेदवारले खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा हालसम्म एक हजार १२ स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चार हजार तीन सय ४६ उम्मेदवार थिए ।

जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिएका १६ मध्ये नौ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । स्थानीय तहको कार्यापालिका निर्वाचनमा उम्मेदवारी दिएका एक सय १४ मध्ये १२ ले मात्रै निर्वाचन आयोगमा निर्वाचनको खर्च विवरण बुझाएका छन् ।

तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐनमा रु १५ हजार जरिवाना गरेर सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगले आदेश दिने व्यवस्था रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले बताए ।

उनले तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आयोगले गर्ने निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ५२ बजे

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।

एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

बैतडी – माध्यमिक परीक्षा (एसइई)का लागि जिल्लामा २७ वटा परीक्षा

नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा चार सूत्रीय मागसहित आन्दोलनको घोषणा

काठमाडौं – नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष

मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न देउवाको निर्देशन

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र