एकीकृत समाजवादी तनहुँद्वारा उम्मेदवार सिफारिस « Khabarhub

एकीकृत समाजवादी तनहुँद्वारा उम्मेदवार सिफारिस


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले दुई सङ्घ र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र कमिटीले सिफारिस गरेको उम्मेदवार जिल्ला कमिटीमा पठाइएको छ ।

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्का सिफारिस भएका छन् । प्रदेश (क) तर्फ विद्या ढकाल, रामकला पौडेल, लालकुमार श्रेष्ठ र कल्पना नेपाली सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ मनुमाया श्रेष्ठ, गजेन्द्र पन्थ, श्रीप्रसाद भट्टराई र तेजबहादुर सुनार सिफारिस भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि चित्र थापा, शङ्कर पोखरेल, दुर्गा नेपाली, सानुमाया महत सिफारिस भए । प्रदेश (क) तर्फ रेखा थापा बस्याल, दुर्गाकुमार श्रेष्ठ, थमन आले, कमल गैरे सिफारिस भएका छन्। प्रदेश (ख) तर्फ काजीमान श्रेष्ठ, भक्त रसाइली, मधुमाया ढकाल, सूर्यप्रसाद तिमिल्सिना, पूर्णबहादुर थापा र भूपाल थापा सिफारिस भएका छन् ।

क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका उम्मेदवारमध्ये जिल्ला कमिटीले एक महिलासहित तीनको नामावली पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गर्ने पार्टी सचिव श्रीराम कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीको बैठक भदौ १२ गते बस्दैछ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ०५ बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला