राष्ट्रपतिद्वारा ठेचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण « Khabarhub

राष्ट्रपतिद्वारा ठेचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गरेकी छन् । ठेचोमा हाल सञ्चालन भइरहेको १२ वर्षे जात्राअन्तर्गत सो भवानी मन्दिरमा एक महिना ताल्चा लगाउने परम्परा छ ।

महिना दिनपछि बिहीबार मन्दिर खोलेपछि राष्ट्रपति भण्डारीले फूल तथा प्रसाद ग्रहण गरेको मान्दिर गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।

गत साउन १० गते गठेमङ्गल अर्थात् गठामूग च¥हेका दिनदेखि हाल ठेचोमा नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा सञ्चालन भइरहेको छ । सो जात्रामा एक महिना नवदुर्गा भवानी देवीलाई ताल्चा लगाएर राखिने परम्परासँगै बिहीबार ‘येँ पञ्चदान’ का दिन उक्त ढोका खोलिएको थियो । सो जात्रा सञ्चालन भएदेखि नै राष्ट्र प्रमुखलाई प्रसाद पु¥याउन जाने चलन रहेको गुठीका पुजारी मालिले बताए ।

नवदुर्गाको प्रसाद लिएर आफूसँगै पुजारी गोपाल माली तथा गुठीका नाइके भक्तलाल माली, अर्का नाइके जितेन्द्र माली र नाइके पाँचभाइ मालीसँगै रमेश माली र सो भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली राष्ट्रपति निवास जानुभएको गुठीका अध्यक्ष मालीले सुनाए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ०२ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि