पूर्वमन्त्री किसानको नाम तनहुँ १ बाटै सिफारिस « Khabarhub

पूर्वमन्त्री किसानको नाम तनहुँ १ बाटै सिफारिस


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेकपा (एकीकृत समाजवादी) तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले दुई सङ्घ र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र कमिटीले सिफारिस गरेको उम्मेदवार जिल्ला कमिटीमा पठाइएको छ ।

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्का सिफारिस भएका छन् । प्रदेश ९क० तर्फ विद्या ढकाल, रामकला पौडेल, लालकुमार श्रेष्ठ र कल्पना नेपाली सिफारिस भएका छन् । प्रदेश ९ख० तर्फ मनुमाया श्रेष्ठ, गजेन्द्र पन्थ, श्रीप्रसाद भट्टराई र तेजबहादुर सुनार सिफारिस भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि चित्र थापा, शङ्कर पोखरेल, दुर्गा नेपाली, सानुमाया महत सिफारिस भए । प्रदेश (क) तर्फ रेखा थापा बस्याल, दुर्गाकुमार श्रेष्ठ, थमन आले, कमल गैरे सिफारिस भएका छन्। प्रदेश (ख) तर्फ काजीमान श्रेष्ठ, भक्त रसाइली, मधुमाया ढकाल, सूर्यप्रसाद तिमिल्सिना, पूर्णबहादुर थापा र भूपाल थापा सिफारिस भएका छन् ।

क्षेत्रीय कमिटीबाट सिफारिस भई आएका उम्मेदवारमध्ये जिल्ला कमिटीले एक महिलासहित तीनको नामावली पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गर्ने पार्टी सचिव श्रीराम कार्कीले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीको बैठक भदौ १२ गते बस्दैछ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : २२ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा