‘वैदेशिक मुद्रा बचाउन विलासितका सामान आयातमा प्रतिबन्ध’ « Khabarhub

‘वैदेशिक मुद्रा बचाउन विलासितका सामान आयातमा प्रतिबन्ध’


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ ।

सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले सङ्घीय संसद्मा पेश भएका आर्थिक विधेयक द्रुतमार्गबाट पारित गर्न सरकारसँग अनुरोध गरे। कोरोना भाइरसका कारण प्रतिकूल अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र रुस–युक्रेन युद्धबाट झन प्रभावित भएको उल्लेख गर्दै व्यवसायीले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र अर्थतन्त्र चलायमान एवं सुदृढ हुने धारणा व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी–व्यवसायीको सुझाव बमोजिम निकासी–पैठारी क्षेत्रका उल्झन हटाउन सरकार तयार रहेको उल्लेख गर्दै सुदृढ अर्थतन्त्रका पक्षमा रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।

उद्योग व्यवसायी क्षेत्रसम्बद्ध सङ्घ/संस्थाबाट प्राप्त राय सुझावका आधारमा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बडूले भने, ‘वैदेशिक मुद्रा बचाउनका लागि विलासितका केही सामानको आयातमा अहिले प्रतिबन्ध लगाइएको हो । मुलुकको अर्थतन्त्रमा सुधारको लक्षण देखिनासाथ साविककै अवस्था कायम हुनेछ । आयात निर्यात क्षेत्रसम्बद्ध व्यवसायीको माग सम्बोधन गर्न सरकार सदैव तयार छ ।’

पूर्वउद्योग तथा वाणिज्य राज्यमन्त्री मोतीलाल दुगडले आर्थिक क्षेत्रको मेरुदण्डका रुपमा परिचित उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्न सरकारसँग अनुरोध गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विश्वभर कोरोना भाइसरका कारण सर्वत्र प्रतिकूल अवस्था सिर्जना भए पनि पछिल्लो समय मुलुकको उद्योग वाणिज्यको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्रिने क्रम बढेको बताए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ५२ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा