'सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ' | Khabarhub Khabarhub

‘सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ’

‘शाकाहारी व्यक्तिमा भिटामिन बी १२ को धेरै कमी हुन्छ’



नेपाली समाजमा मांसाहारी जति छन् त्यति नै शाकाहारी पनि छन् । पछिल्लो समय मांसाहारी व्यक्तिको तुलनामा शाकाहारी व्यक्तिलाई भिटामिन बी १२ को कमी हुने गरेको पाइएको छ । भिटामिन बी १२ को कमी भएका व्यक्तिहरू धेरै रोगको सिकार बनेका पनि छन्। कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन् । यसै विषयमा आधारित भएर विराट अस्पतालमा कार्यरत जनरल फिजिशियन डा. दीपराज यादवसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

भिटामिन बी १२ को कमी भएमा कस्तो कस्तो समस्या देखा पर्ने हो ?
यो माछा, मासु, अन्डा, दूध, दहीमा पाइन्छ । यो एक किसिमको बी समूहमा पर्नै भिटामिन हो। यो पानीमा सजिलै घुल्छ । नियमित माछा मासु खानेमा यो हुँदैन । नखानेमा यो देखिन्छ। कसैलाई यसको लक्षण देख्न वर्षाैसम्म कुर्नु पर्दछ । शरीरमा भिटामिन (बी १२) कमी छ । तर, लक्षण नै देखिँदैन । रगतको कमी थकाई लाग्ने, नासा सम्बन्धी समस्या, चिरचिर हुने, जिब्रो सुनिने, घाउ हुने, कब्जियत हुने, वृद्धाहरूमा आँखा धमिलो हुने, नसा सम्बन्धी समस्या भएर पनि गाह्रो हुने सास फेर्न गाह्रो हुने हुन्छ ।

कस्तो व्यक्तिमा लक्षण देखिँदैन त ?
भिटामिन (बी १२) हुँदैमा लक्षण देखिने भन्न हुँदैन । कुनै अरु कारणले पनि भिटामिन (बी १२) जाँच गर्दा थाहा पाइन्छ । पायल्सको जाँच गर्दा हामीले पत्ता लगाउँछौँ ।

यो कस्तो उमेर समूहमा धेरै देखिएको छ ?
धेरै शाकाहारीमा यो धेरै हुन्छ । कलेजोबाट यो प्रशस्त पाइन्छ । कसैलाई पेटमा समस्या छ वा अप्रेसन भएको छ भने पनि भिटामिन (बी १२) को कमी हुन जान्छ । जसलाई हामीले म्यालरब्जेसन भन्छौँ । जुका पलायो भने पनि यो समस्या देखा पर्दछ । केही औषधिको नियमित सेवनले जस्तो डाइबेटिजका रोगीहरूले प्रयोगले पनि भिटामिन बी १२ को कमी गराउँछ । मुख्य कारण भनेको खाना नै हो ।

यो कारणले बढेछ भन्ने केही छ कि ?
यो बी समूहको भएको हुनाले धेरै हुँदैन । यो पिसाबबाट जान्छ । कोही कोहीमा ट्रिट्मेन्ट दिँदा ओभर डोज भयो भने बढी हुन्छ । तर, सामान्यतया बिरामीहरू आउँदाखेरि डिफिसेन्सीका बिरामीमा मात्र कम हुन्छ ।

यो जाँच गराउँदा कसरी गर्ने ?
कसैलाई लक्षण देखियो भने अस्पतालमा गएर भिटामिन बी १२ को जाँच गर्ने यो रगत बाट जाँच गर्नु पर्दछ । सामान्यतया भिटामिन (बी १२) को लेभल शरीरमा ३०० पिजिएमएल भन्दा माथि हुनु पर्दछ । जाँच गर्दा कुन लेबलमा आउँछ र त्यही अनुसार उपचार गर्नु पर्दछ ।

भिटामिन बी १२ को कमी भए पछि हामीले कसरी पुरा गर्न सक्छौँ त ?
सबै भन्दा पहिला कारण पत्ता लगाउनु पर्दछ । खाना तिर फोकस गर्छौ । उहाँहरूको समस्या के छ पेटको समस्या हो कि रगतको कमीले हो कि यो पत्ता लगाएर हामी परीक्षणतिर लाग्छौँ ।

साहाकारीले भिटामिन बी १२ को कस्तो खानामा र कसरी पाउने त ?
भिटामिन (बी १२) यो पशुहरूबाट नै आउने हो । हामीले औषधिहरू दिन्छौँ । पहिला खाने र पछि छोडेकोहरुले खाने, पहिला देखिनै खाएकोहरुले औषधि खानु पर्दछ ।

भिटामिन बी १२ को कमी भए पछि के के कुरामा ध्यान दिनुपर्दछ त ?
के कारणले हो त्यो पत्ता लगाउने । खानाले हो भने मांसाहारी खाने, अरु रोगले हो भने त्यो रोगको उपचार तिर लाग्ने । जुका परेर हो भने जुकाको औषधि खाने, पहिलादेखि नै औषधि सेवनबाट हो भने त्यो कसरी म्यानेज गर्न सकिन्छ, त्यता तिर लाग्नुपर्दछ ।

एउटा विशेषज्ञ भएको नाताले के सन्देश दिन चाहनुहुन्छ ?
यी लक्षणहरू देखिए भने स्वास्थ्य परीक्षण गर्नुपर्छ । यसको कारण धेरै छन् त्यो कारणहरू आफ्नो कस्तो अवस्था छ त्यो अनुसार डाक्टरसँग सल्लाह लिनुपर्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ०० बजे

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका

तार्दीखोलामा पक्की पुल निर्माण

लमजुङ– यहाँको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्, समस्या समाधानमा ढिलाइ

भोजपुर– यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध