सरकार सातै प्रदेशमा पर्यटन पढाउ भन्छ, बजेट दिँदैन « Khabarhub

सरकार सातै प्रदेशमा पर्यटन पढाउ भन्छ, बजेट दिँदैन

‘पर्यटन क्षेत्रमा सक्रिय धेरै जनाले नाथमको विद्यार्थी हौँ भन्दा खुशी लाग्छ’



काठमाडौँ- समस्या हरेक क्षेत्रमा हुन्छन् । पर्यटन क्षेत्रमा पनि केही समस्या छन् । त्यसलाई हामीले समाधान गर्नु पर्दछ । म पर्यटनमा पनि शिक्षा क्षेत्रमा आबद्ध भएको हुनाले नाथममा टुरिजम एन्ड ट्राभल्स डिपार्टमेन्ट विभागीय प्रमुख भएर काम गरेको अनुभव बाँड्न चाहन्छु ।

यो संस्था नेपालको टुरिजममा निकै नजिक भएर काम गरेको संस्था हो । नेपाल टुरिजमले प्रचार गतिविधिहरू गरिरहेको छ । प्रचार गतिविधि र मानवीय संसाधनसँग धेरै नजिकको सम्बन्ध हुन्छ । देश विदेशमा प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ, सबैले आफ्नो क्षेत्रमा रहेर काम गरेका छन् ।

अरु शिक्षा र पर्यटन शिक्षामा धेरै भिन्नता छ । अरु शिक्षामा नम्बर, इन्कमको कुराहरू गछौँ । तर पर्यटन शिक्षामा मानवीय शिक्षा र सम्बन्धसँग सम्बन्धित कुराहरू पर्दछन् । त्यसैले यो शिक्षालाई हेर्ने नजर फरक नै हुनु पर्दछ ।

पहिला पर्यटन सुरु नहुँदा नाथमले अब पर्यटकहरूलाई सेवा दिनु पर्दछ भनेर धेरै होटेल तालिमहरू, कुक वेटर तालिम सुरु गरेको थियो । अहिले धेरै मानिसहरू म नाथमको विद्यार्थी हुँ भन्नु हुन्छ । यसमा खुसी लाग्छ ।

अहिले यो तालिमबाट एकेडेमीमा आयो । तब कन्फ्युजन भयो । पहिला तालिम हुँदा होटेलले कुक वेटर गाइडहरूलाई तालिम भएको लिन्थे । तर अहिले तालिम हरायो । ४ वर्ष पढ्नै पर्ने भयो । त्यसमा पनि धेरै नम्बर ल्याउनु पर्ने नै भयो ।

यो पनि अरु म्यानेजमेन्ट डाक्टर इन्जिनियरिङ जस्तो भयो । यो त सेवा मुखी हो नि । त्यसैले यसलाई थप गरेर यो शिक्षालाई बढाउनु पर्दछ । पर्यटक तथा पाहुनाहरूलाई राम्रो व्यवहार गर्ने व्यक्ति चाहियो ।

कुनै पनि ठाउँमा त्यतिकै पर्यटक लैजानु भन्नु हुँदैन । सबै त्यो ठाउँको मानिस कस्ता छन् ? कस्तो–कस्तो होटेलहरू छन्, पर्यटक गएर बस्न सक्छन् कि सक्दैनन् ? सबै बुझेर मात्र हामी त्यो ठाउँको प्रचार गर्न सक्छौँ ।

हामी यो कार्यक्रम गर्ने भन्छौँ । तर सबै मान्छे बोलाएर अन्तरक्रिया गर्छौ । त्यसमा नाथमले पढाउनको साथसाथै त्रिभुवन विश्वविद्यालयसँग अनुदान लिएर हामीले केन्द्रमा चलाएका छौँ । विभिन्न शैक्षिक तह तथा संकाय हामीले राखेका छौँ ।

प्रदेशमा हामीले शाखा खोलौँ भन्दा निकै गाह्रो मानियो । किनभने त्रिभुवन विश्वविद्यालय भनेको नेपाल सरकार अन्तर्गतको अनुदान लिएर चल्ने हो । नाथम भनेको त अझै पर्यटन मन्त्रालयकै निकाय । दुई मन्त्रालय र संस्थाबीच समन्वय हुन सकेको छैन । बुझाई स्पष्ट छैन । त्यसैले यो पनि समस्या हो । त्यसलाई पनि समाधान गर्नु पर्दछ ।

त्रिभुवन विश्वविद्यालयबाट हाम्रो कुरा स्वीकार भएन । हाम्रो कार्यक्रम त्रिविबाट प्रदेशमा लिन सकिएन । पछि हामी त्यही प्रस्ताव लिएर काठमाडौँ विश्वविद्यालयमा गयौँ । उनीहरूले हामी सहयोग गर्छौँ भन्नुभयो ।

हाम्रो उद्देश्य भनेको बाहिरबाट आएर विद्यार्थीलाई होस्टेल आएर बस्दा गाह्रो हुने अवस्थामा घरको नजिक एउटा गुणस्तरीय शैक्षिक तालिम पायो भने स्थानीय स्तरमै विद्यार्थीले पढ्न पाउने भयो । त्यसले स्थानीयस्तरमा रोजगारी पाउन पनि सजिलो हुन्छ ।

हाम्रो उद्देश्य सात प्रदेशमा पर्यटन शिक्षा पढाउन पाइयोस् । अहिले पूर्वमा बिर्तामोड, बर्दिबास र पश्चिममा नेपालगन्जमा शाखा खोलेका छौँ । अब सातै प्रदेशमा जाने भनेर सबै कुराहरू भइरहेको छ ।

सबैबाट सहयोग पनि भएको छ । सरकारले हामीलाई सात प्रदेशमा जाऊ भन्ने तर बजेट चाहिँ दिँदैन । बजेट यति बजेट दिनु भन्दा आनाकानी गर्ने गर्नु हुन्छ ।

५ करोड दिएको थियो । ६ बिघा जग्गा दियो । त्यो ५ करोड पैसा त सात प्रदेशको प्रक्रियामा नै सकिने रहेछ । त्यसमाथि तलबमै आधाभन्दा बढी खर्च हुन्छ ।

बजेटमा गाह्रो हो । नत्र हामीले दिने पर्यटन शिक्षा अध्ययन तथा अनुसन्धानमा आधारित रहेर होटेल म्यानेजमेन्ट र पर्यटन शिक्षा तालिम दिन लागि परेका छौँ ।

(खबरहबले आयोजना गरेको ‘नेपालमा पर्यटन विकास बहस’ कार्यक्रममा नाथमका विभागीय प्रमुख अजयकुमार ढकालले राखेको धारणाको सम्पादित अंश [प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ५५ बजे

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा