कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ | Khabarhub Khabarhub

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको मोटरसाइकल र डिजिटल क्यामेरासहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका जलारी कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट तथा चोरीमा संलग्न रहनुका साथै अहिले लटपातमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेका निजलाई अपराधिक उपद्रव मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ४३ बजे

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको